logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १५ हजार ५०० पुग्यो

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १५ हजार ५०० पुग्यो

    3.8K
    Shares
    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १५ हजार ५०० पुग्यो

    काठमाडौं । सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । दशैं अगाडिको अन्तिम दिन शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो ।
    शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
    बिहीबार प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार अर्को रेकर्ड बनाएको हो ।
    शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
    शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय पुगेको छ । बिहीबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend