logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

    पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

    4.2K
    Shares
    पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ ।
    चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उहाँ गएराति स्वदेश फर्कनुभएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानाकारी दिनुभयो ।
    गत हप्ता चीन जानुभएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो ‘बीआरएफ’ फोरम लाई सम्बोधन गर्नुभएको थियो । चीनमा रहँदा उहाँले चीनमा आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गर्नुभएको थियो । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend