logo

२०८१ जेष्ठ १९ शनिबार

logo
  • शनिबार, १९ जेष्ठ २०८१
  • संयुक्त राष्ट्रसंघद्वारा गाजामा मानवीय युद्धविरामको लागि आह्वान गर्ने प्रश्ताव पारित

    संयुक्त राष्ट्रसंघद्वारा गाजामा मानवीय युद्धविरामको लागि आह्वान गर्ने प्रश्ताव पारित

    2.4K
    Shares
    संयुक्त राष्ट्रसंघद्वारा गाजामा मानवीय युद्धविरामको लागि आह्वान गर्ने प्रश्ताव पारित

    काठमाडाैँ । संयुक्त राष्ट्र संघको महासभाले गाजामा मानवीय युद्धविरामको लागि आह्वान गर्ने प्रश्ताव पारित गरेको छ ।

    प्रश्तावले तत्काल मानवीय युद्धविरामको लागि आह्वान गरेको छ । नागरिकको संरक्षण, कर्मचारी र सुविधाहरूको सुरक्षा, र गैरकानूनी रूपमा बन्दी बनाइएका सबै नागरिकहरूको तत्काल बिना शर्त रिहाई गर्नेकुरा समावेश छ । प्रश्तावको पक्षमा १२० मत, विपक्षमा १४ मत र ४५ देश अनुपस्थित भएका थियो ।

    मस्यौदा प्रश्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अस्ट्रिया, क्रोएसिया, चेक गणतन्त्र, फिजी, ग्वाटेमाला, हंगेरी, इजरायल, मार्शल टापु, माइक्रोनेसिया, नाउरु, पपुवान्युगिनी, पाराग्वे, टोंगा र संयुक्त राज्य अमेरिका छन् । गाजापट्टीमा लडाइँ तिब्र बन्दै गएपछि यो प्रश्ताव आएको हो । गाजामा प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूकाअनुसार युद्ध शुरु भएदेखि ७ हजार ३२६ प्यालेस्टाइनी मारिएका छन् । १४ सय भन्दा बढी इजरायलीहरू मारिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend