फागुन ९ काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सांसद सुदन किराँतीले अराजक ब्याक्तिलाई ठुला नेताले क्रेनले तानेर केहि समय नेता र मन्त्री बनाए पनि त्यो धेरै समय टिकाईरहन सक्दैनन भन्ने घटनाले पुष्टि भएको बताएका छन् ।
गलत प्रवृतिका ब्याक्तिलाई नेताले काखी च्यापेकै कारण पार्टी र सरकारको बदनाम भएको भन्दै किराँतीले खराब प्रवृतिका जो कोहीलाई पनि छाड्न नहुने धारणा राखे।
सुनौलो नेपालसंग कुराकानी गर्दै सांसद किरांतीले उनको कमिसनको लोभका कारण नेकपाको सरकार नेकपा पार्टी र सांसदहरुको समेत प्रतिष्ठामा जोडिने हुँदा उनलाई केन्द्रिय सदस्यबाट हटाउनु पर्ने बताए।
घुस दिने पनि र घुस लिने पनि अपराधि हुन् भनी घोषणा गरेर भ्रष्टाचारको बिषयमा राष्ट्रिय अभियान थाल्नुपर्ने उनको भनाइ छ। कसैलाई काखा र कसैलाई पाखा नगरी भ्रष्टाचारी जो कोहि भए पनि कारवाही गर्नुपर्ने उनले बताए।
हेर्नुहोस सुनौलो नेपालका लागि सांसद किराँतीसंग मोहराज शर्माले गरेको कुराकानी: