काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले विस्फोटक जवाफी ब्याटिङ गर्दै छक्का र चौकाको वर्षा गरेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल भुर्तेल र आरिफ शेखले छक्का र चौकाको वर्षा गरेका हुन् ।
ओपनर भुर्तेल र शेखले ६ ओभरमा ५६ रन बनाउन सफल भएका छन्। भुर्तेलले ४ चौका र २ छक्काको मदतले १८ बलमा ३६ रन बनाएका छन् भने शेखले २ चौका र २ छक्काको मदतले १४ बलमा १८ रङ बनाएका छन्।
नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।