logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न सांसद शोभा ज्ञवालीको माग

    मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न सांसद शोभा ज्ञवालीको माग

    1.7K
    Shares
    मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न सांसद शोभा ज्ञवालीको माग

    काठमाडौँ । नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेकी छिन् ।

    बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भ्रम सिर्जना गरिएको बताइन्।

    सांसद ज्ञवालीले भनिन ‘यतिबेला दुर्गा प्रसाईजस्ता अराजक व्याक्तिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन् ।

    सुशासन र विकासमा सबैभन्दा योग्य साबित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो । यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्त्वलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend