logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • धमला पत्नी एलिजा गौतम कांग्रेस प्रवेश गर्ने तयारीमा

    धमला पत्नी एलिजा गौतम कांग्रेस प्रवेश गर्ने तयारीमा

    29.5K
    Shares
    धमला पत्नी एलिजा गौतम कांग्रेस प्रवेश गर्ने तयारीमा

    काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी नायिका एलिजा गौतम नेपाली कांग्रेस प्रवेश गर्ने तयारी गरेकी छन् ।

    गत असारमा पार्टी परित्याग गरेकी एलिजा फेरी पुन: कांग्रेसको राजनीतिबाट सक्रिय लागेको परीवारक श्रोतले जानकारी दिएको छ।

    यसअघि नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य रहेकी गौतम सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी थिइन् । तर, उनी फेरि ठूला राजनीतिक दलबाट पुन: राजनीतिमा सक्रिय हुने तयारीमा जुटेकी छन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।

    कलाकार समेत रहेकी एलिजा चलचित्र ‘अनुराग’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । भने धेरै म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन् ।

    २०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेकी एलिजाले २०८० असार २१ गते पार्टी परित्याग गरेकी थिइन् ।

    त्यसो त गौतम यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । उनले ओलीसँग बालकोटमा विशेष भेटवार्ता भएको बताएकी थिइन् भने भेटपछि आफ्नो राजनीति र समाजसेवा गर्ने हुटहुटीमा मलजल पुगेको बताएकी थिइन् ।

    गौतम पछिल्लो समय ‘एलिजा फाउण्डेसन’ मार्फत सामाजिक काममा सक्रिय देखिन्छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend