logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

    राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

    2.1K
    Shares
    राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत

    काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ ।

    हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो ।

    राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्न कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो ।

    त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ गतेसम्म अमेरिकाको एटलान्टामा आयोजना हुने १० औँ ’सेसन अफ कन्फ्रेन्स अफ द स्टेट पार्टिज टु द युनाइटेड नेशन कन्भेन्सन एगिनिस्ट करप्शन’ कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ ।

    बैठकले चीनको संघाईमा सञ्चालन हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई स्वीकृत दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend