logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गोकुल बास्कोटा मात्र हैन, पार्टीले गल्ति गर्ने कसैलाई छोड्दैन: प्रचण्ड

    गोकुल बास्कोटा मात्र हैन, पार्टीले गल्ति गर्ने कसैलाई छोड्दैन: प्रचण्ड

    1.8K
    Shares

    फागुन १० काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्।

    प्रेस संगठन नेपाल नवलपुरद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन्।

    “सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ”, अध्यक्ष दाहालले भने, “अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन्। गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ। म अहिले यति मात्रै भन्न चाहन्छु।”

    अध्यक्ष दाहालले अहिले चर्चामा रहेको एमसीसीबारे नेकपाले बनाएको अध्ययन कार्यदलले दुवै अध्यक्षलाई प्रतिवेदन बुझाएको भन्दै आफूहरू सो प्रतिवेदन अध्ययनका क्रममा रहेको बताए। कार्यदलबाट आएको सुझावलाई परिमार्जन गरेर अगाडि बढिने भएकाले आफूहरूले अध्ययन गरिरहेको उनकाे भनाइ छ। “एमसीसी परिवर्तन नै हुन नसक्ने दस्तावेज नभएकाले परिमार्जित गरेर अगाडि बढाउने तयारी भइरहेको छ”, उनले भने, “यो विषयमा सचिवालयले छलफल गरेर त्यसलाई टुङ्गोमा पुर्‍याउनेछ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend