सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भूकम्पबाट घाइते भएकाहरुको अवस्था बुझन प्रधानमन्त्री प्रचण्ड सानीभेरी अस्पतालमा

भूकम्पबाट घाइते भएकाहरुको अवस्था बुझन प्रधानमन्त्री प्रचण्ड सानीभेरी अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गए राति गएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिम पुगेका छन् ।

शनिबार बिहानै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट पुगेका प्रधानमन्त्री त्यहाँबाट रुकुम पश्चिम पुगेका हुन् । रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरुको स्थितिबारे जानकारी लिएका छन् ।

साथै भूकम्प पीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन् । यसअघि जाजरकोटबाट घाइते ७ जना तथा ७ जना कुरुवालाई आफू सवार हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पुरयाएका थिए ।

गत राति गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १३६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend