logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन

    प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन

    1.5K
    Shares
    प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन

    काठमाडौँ –  प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ ।

    शनिवार काठमाडौँमा लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका सर्वाधिक लोकप्रिय गीतकार समिरलाई ‘समीर अभिनन्दन समारोह’ मार्फत अभिनन्दन गरिएको हो।

    विश्वमै सबैभन्दा बढी गीत लेखेवापत ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका समीरले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर बिश्व रेकर्ड राखेका छन्।

    काठमाडौँमा आजोजित अभिनन्दन समारोहमा बोल्दै गीतकार समीरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिको यो भूमिमा आएर सम्मानित हुन् पाउँदा आफू निकै प्रफुल्लित भएको बताए।

    हिमालय र पहाडका बिचबाट काठमाडौँ उत्रिने क्रममा आउँदा एउटा गीत फुरेको अनुभूति सुनाउदै नेपालबाट आफुले धेरै सिकेर र लिएर जाने बताए । उनले काठमाडौँ ल्याण्ड गर्नु पूर्व हिमालको सुन्दर दृश्य हेर्दै एउटा गीत रचना गरीसकेको बताउदै सो गीतलाई नेपालमा अत्याधिक मन पराउने आशा व्यक्त गरे।

    बसन्त चौधरीको निमन्त्रणामा पहिलो पटक नेपाल आएको भन्दै नेपालको लागि धेरै लेख्ने बाचा समेत उनले गरे। अहिलेसम्म आफुले धेरै सम्मान पाएको तर जसले गीतकारको पिडा दुख बुझेको छ उसकै सम्मान पाउँदा खुसी महसुस गरेको भन्दै उनले गीतकार सङ्घ नेपाललाई अभिनन्दन कार्यक्रम आजोजनाको लागी धन्यवाद दिए ।

    त्यस्तै कार्यक्रममा बोल्दै गीतकार तथा साहित्यकार बसन्त चौधरीले समिर अन्जान यस्तो नाम हो जो कसैका लागि पनि अन्जान नाम नरहेको दाबी गरे। उनले विश्वका सबै कुनामा बस्ने हिन्दी फिल्म र गीत मन पराउनेहरुका लागी समीर अन्जान नभएको बताए।

    त्यस्तै गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले बिभिन्न समयमा गीतकारहरुको सम्मान गर्दै आएको भन्दै यसपटक समिर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको भन्दै सो अवसरका लागी लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद व्यक्त गरे।

    गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend