logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भूकम्प पीडितको जीवनरक्षा गर्न एमालेको माग

    भूकम्प पीडितको जीवनरक्षा गर्न एमालेको माग

    1.3K
    Shares
    भूकम्प पीडितको जीवनरक्षा गर्न एमालेको माग

    काठमाडौँ । नेकपा एमालेले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको एमालेले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म चिसोका कारण मृत्यू हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ कि ४८ वर्षीय पम्फा रावल, बारेकोट गाउँपालिका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरकहादुर विक, जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका वडा नं ४ तल्याउनका केशव भडेल रहेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend