सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने विशेष पास

उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने विशेष पास

काठमाडौँ । उत्कृष्ट करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्न विषेश पास उपलब्ध गराइने भएको छ ।

सरकारले कर दिवसमा सम्मानित हुने करदातालाई एक वर्षका लागि सिंहदरबार छिर्ने पास उपलब्ध गराउने भएको हो ।
अर्थ सचिव कृष्णहरि पुष्करले आन्तरिक राजस्व विभागलाई आजैदेखि यस्तो पास उपलब्ध गराउन निर्देशन दिएका छन् ।

‘यो आजैदेखि कार्यान्वयनमा आउँछ, मैले विभागलाई निर्देशन दिएको छु,’ कर सप्ताह समापन तथा करदाता सम्मानमा आयोजित कार्यक्रममा उनले भने । सरकारले सोही कार्यक्रममा विभिन्न १६ विधामा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend