logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालका लागि राजतन्त्र इतिहासमा मात्र सिमित : माधव नेपाल

    नेपालका लागि राजतन्त्र इतिहासमा मात्र सिमित : माधव नेपाल

    845
    Shares
    नेपालका लागि राजतन्त्र इतिहासमा मात्र सिमित : माधव नेपाल

    सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र ल्याउनका लागि भएको आन्दोलन व्यर्थ भएको बताएका छन् ।

    भूकम्प प्रभावित क्षेत्रबाट फर्किने क्रममा मंगलबार बिहान सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष  नेपालले राजतन्त्र ल्याउने कुरा कल्पना मात्रै भएको र अब नेपालका लागि राजतन्त्र इतिहासमा मात्र सिमित हुने बताए ।

    ‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन,’ नेपालले भने, ‘सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला, तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो।’ राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने बहानामा आन्दोलन नगर्न पनि आग्रह गरे ।

    उनले भने, ‘सरकारले गलत काम गरेको छ भने सरकारविरुद्ध उभिनुपरयो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो ।’ उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलन राजावादीहरुबाट परिचालित भएको आरोप लगाए । नेपालका लागि यस्ता आन्दोलन उपलब्धिविहीन हुने नेपालले बताए ।

    पछिल्लो समय देशमा देखिएको आर्थिक संकट र संघीयताको विषयमा भएका गल्ती कमजोरी सबैले सच्याउनुपर्ने उनले बताए । मुलुकमा देखा परेको आर्थिक संकट र जनताले भोगिरहेका समस्या समाधानको विषय समग्रमा सोच्नुपर्ने बेला आएको नेपालले बताए । उनले भूकम्प पीडितको पुनर्स्थापना र आवास पुनर्निर्माणका सन्दर्भमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

    ‘भूकम्प पीडितको अवस्था दयनीय छ, राहत र उद्धार प्रभावकारी भएपनि पुनर्स्थापना र पुनर्निर्माण प्रभावकारी भएको देखिँदैन,’ उनले भने, ‘सबै मिलेर भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणमा हातेमालो गर्नु जरुरी छ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend