शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ ।
बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ ।

सचिवालय बैठकले गर्ने निर्णयलाई स्थायी समिति र पोलिट्ब्यूरो सदस्यको बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ ।पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बैठकमा समान विचार राख्ने राजनीतिक दलहरु, संघसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने छ ।

देशभर सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा केही नेताहरूको जिम्मेवारी हेरफेरसमेत गरिने छ । रासस

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend