logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह, १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै

    आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह, १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै

    4.1K
    Shares
    आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह, १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।

    यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै छन् । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार ४१५ जना दीक्षित हुन लागेका हुन् ।

    यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend