logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एक हजार बढीको सहभागीतामा जेभियर इन्टरनेसनल स्कुल र बौद्धनाथ क्षेत्र विकास समितिको पदयात्रा सम्पन्न

    एक हजार बढीको सहभागीतामा जेभियर इन्टरनेसनल स्कुल र बौद्धनाथ क्षेत्र विकास समितिको पदयात्रा सम्पन्न

    2.8K
    Shares

    सुनौलो नेपाल – नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको  श्री बौद्धनाथ क्षेत्र विकास समिति  र जेभियर इन्टरनेसनल स्कुलको संयुक्त आयोजनामा भएको (Heritage Walk) सम्पदा पदयात्रा भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ । स्थानीय मौलिक संस्कृतिलाई उजागर गर्दै बौद्ध क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्धेश्यका साथ बौद्ध स्तुप  र जोरपाटीको चामुण्डा मन्दिरलाई जोडेर सम्पदा पदयात्रा आयोजना गरिएको हो । बौद्ध स्तुपबाट काठमाडौ क्षेत्र नम्बर ३ का संघीय सांसद कृष्ण राईले रिबन काटेर सुरु भएको कार्यक्रम बौद्ध हुँदै गोकर्णेश्वर नगरपालिकामा रहेको चमुण्डा मन्दिर परिक्रमा गरेर जोरपाटी चोक हुँदै पुनः बौद्ध स्तुपाको परिक्रमा गरेर जेभियर इन्टरनेसनल स्कुलमा गएर सभामा परिणत भएको थियो ।

    पदयात्रामा स्थानिय लाखे नाच,धिमे बाजा,तामाङ बाजा र ब्याण्ड बाजा प्रस्तुत गरिएको थियो । पदयात्रामा रौनक थप्न पर्यटन मन्त्री योगेश भट्टराईले बौद्ध स्तुपाबाट यात्रामा सहभागिता जनाउँदै कार्यक्रम स्थलसम्म पदयात्रामा सहभागी भएका थिए । पदयात्रा पश्चात् सुरु भएको सभाको सभापतित्व बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले गरेका थिए भने उपस्थित सबैलाई जेभियर स्कुल/कलेजका सिईओ  लोक बहादुर भण्डारीले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद  छिरिङ दोर्जे लामाले सम्पदालाई जोड्दै बौद्ध क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यबाट आयोजना भएको कार्यक्रमको प्रशंसा गर्दै आयोजकलाई बधाई ज्ञापन गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि योगेश भट्टराईले स्थानीय तहमा पर्यटनको राम्रो प्रचार गरिएतापनी विदेशमा कोरोना भाईरसका कारण प्रचार प्रसार बन्द गरिएको बताएका थिए । कार्यक्रममा सहभागी सबैलाई आयोजकको तर्फबाट मेडल तथा प्रमाणपत्रको ब्यवस्था गरिएको थियो भने संघ संस्थालाई प्रसंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम समापन गर्दै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बौद्धनाथ क्षेत्र विकास समितिले गरेका कामकारवाहीको बारेमा बताउँदै भावी योजना समेत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा समाजसेवी जयमंगल लामा,बिरेन्द्र लामा,रत्न बज्र लामा,देब लामा,काम्नपा छ का वडा अध्यक्ष दिपेन्द्र लामा,गोकर्णेश्वर ५ र ६ का वडा अध्यक्ष रमेश अर्याल र नारायण सुवेदी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेपाल प्रहरी,नेपाल स्काउट,ट्राफिक प्रहरी,सामुदायिक प्रहरी र पर्यटक प्रहरीले ब्यवस्थित गरेको थियो । हेरिटेक वाल्कलाई सफल बनाउन एक दिन अगावै बौद्ध व्यापार संघले अध्यक्ष दिपक चौलागाईंको नेतृत्वमा बृहत् सरसफाइ गरेको थियो ।

    कार्यक्रममा १ हजार बढी सहभागिको सहभागीता रहेको थियो ।

    हेर्नुहोस सो कार्यक्रमको भिडियो


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend