सिन्ह्वा । गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् ।
यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् ।
अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमण पछि गाजा पट्टीमा हमास बिरुद्ध युद्ध शुरु गरेको थिया । जसमा इजरायली अधिकारीहरुकाअनुसार लगभग १ हजार २ सय इजरायलीहरुको ज्यान गएको छ । मृत्यु हुनेमा ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिलाहरू छन् ।