शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ९ विकेटले हरायो ।

लुम्बिनीले दिएको ७२ रनको लक्ष्य सुदूरपश्चिमले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी मधु डीसीले १ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रन बनायो । लुम्बिनीका लागि सरस्वती पुनले सर्वाधिक १९ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले २ विकेट लिइन् ।

यो जितसँगै सुदूरपश्चिम २ खेलमा २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी २ खेलमा २ अंकसहित नेट रन रेटका आधारमा तालिकाको छैटौँ स्थानमा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend