logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको छ : अध्यक्ष ओली

    संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको छ : अध्यक्ष ओली

    975
    Shares
    संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको छ : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मंसिर १४ देखि पुस १ सम्म गरेको सम्मृद्धिका लागि संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको बताएका छन् । साथै उनले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको पनि बताए ।

    ‘गलत भाष्य निरर्थक र असान्दर्भिक तुल्याएको छ’, ओलीको भनाइ छ । उनले राजनीतिलाई हिंसा, उत्तेजनालगायतका प्रवृतिलाई यात्राले निस्तेज पारेको ओलीको दाबी छ ।

    उनले यात्रा सांस्कृतिक जस्तो समेत बनेको भन्दै आफूहरु जहाँ जहाँ पुग्यो त्यहाँका संस्कृतिबारे जान्ने मौका मिलेको बताए । आइतवार पार्टी केन्द्रीय कार्यालयमा यात्राका अनुभवबारे सुनाउँदै ओलीले पातमा समेत खाना खाएको बताए ।

    ‘संकल्प यात्रा अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको चासो, साथ सहयोग, समर्थन र स्वागत जुन कोणबाट हेर्दा पनि सफल नै सफल रह्यो’, उनले भने, ‘लाखौं मानिस प्रत्यक्ष सरिक हुनुभयो ।’

    यात्राका क्रममा देखिएको उत्साहले पार्टीले लिएको उदेश्यलाई असाधारण ढंगले बल दिएको भन्दै उनले देशको विविधतामा ठुलो लुब्रिकेन्टस दिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend