logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसद्हरू सहित तीन दिने पैदल यात्रामा निस्कदै छन् रवि लामिछाने

    सांसद्हरू सहित तीन दिने पैदल यात्रामा निस्कदै छन् रवि लामिछाने

    3.2K
    Shares
    सांसद्हरू सहित तीन दिने पैदल यात्रामा निस्कदै छन् रवि लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीका अन्य सांसद्हरुलाई लिएर तीन दिने पैदल यात्रामा निस्कदै छन्।

    नारायणगढदेखि बुटवलसम्म तीन दिनमा ११३ किलोमिटर दूरी पार गर्ने लक्ष्य सहित आफूहरू पैदल यात्रामा निस्कन लागेको सभापति लामिछाने सामाजिक संजाल मार्फत जानकारी दिएका छन्।

    पूर्व(पश्चिम राजमार्गअन्तर्गत नारायणगढ(बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराउन आफूहरू पैदल यात्रामा निस्कन लागेको उनले बताएका छन्। यात्रा भोली सोमबार बिहान ९ बजे गौंडाकोट पुल्चोकबाट सुरु हुनेछ।

    सभापति रवि लामिछाने सामाजिक संजालमा लेखेका छन् ‘यात्राको उद्देश्य सांकेतिक रुपमा सरकारको ध्यानाकर्षण गराउनु हो’

    उनले लेखेका छन् ‘यात्रा क्रममा सडकको दायाँबायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयसँग अन्तरक्रिया गर्ने चाहना थियो। उहाँहरूका समस्या सुन्ने र सुझाव ग्रहण गर्ने इच्छा थियो। तर, यात्राको दिन लम्बिने भएकाले यस पटक त्यसका लागि समय छुट्टाउन असमर्थ भएको छु। यात्राको बिच(बिचमा स्वागत वा अन्य कार्यक्रम नराख्न पनि अनुरोध गर्दछु।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend