logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल प्रहरीको प्राविधिकतर्फ ३ वटा डीआईजीको पद थप्न प्रस्ताव

    नेपाल प्रहरीको प्राविधिकतर्फ ३ वटा डीआईजीको पद थप्न प्रस्ताव

    6.9K
    Shares
    नेपाल प्रहरीको प्राविधिकतर्फ ३ वटा डीआईजीको पद थप्न प्रस्ताव

    काठमाडौँ । नेपाल प्रहरीको प्राविधिकतर्फ ३ वटा डीआईजीको पद थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ डिआइजी राख्न प्रस्ताव गरेको छ । नेपाल प्रहरी केनाइन महाशाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि डीआईजी राख्न प्रस्ताव गरिएको छ ।

    तर, अर्थ मन्त्रालयले साइबर र केनाईन महाशाखामा मात्र डीआईजी पद थप्न गृह मन्त्रालयलाई सहमति दिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्ताव गृह मन्त्रालयले अर्थमा पठाएको थियो । अर्थ मन्त्रालयबाट प्राविधिक तर्फ दुई वटा डीआईजीको पद थप्न सहमति आएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले बताए । उनले भने, ‘अर्थबाट सहमति प्राप्त भएको छ तर, केही विषयमा छलफल गर्नुपर्ने भएको कार्यान्वयनमा गएको अवस्था छैन ।’

    आईजीपी बसन्त कुँवरले व्यक्तिलाई फाइदा पुग्ने गरी डीआईजीको पद थप्ने प्रस्ताव गरेको आरोप छ । साइबर अन्तर्गत डीआईजी बढुवा गर्दा नबिन्द अर्यालले अवसर पाउँछन् । साइबर ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक अर्यालका प्रतिस्पर्धी नै नभएको हुनाले उनलाई नै डीआईजीमा बढुवा गर्न पद थपको प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । अर्याललाई बढुवा गरेर सिआईबीमा राख्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

    नेपाल प्रहरी केनाईन महाशाखामा डा. देउती गुरुङलाई डीआईजी बनाउन पद थप्न लागिएको हो । महाशाखा प्रमुख एसएसपी डा.देउतीसँग प्रतिस्पर्धा गर्न सो महाशाखमा अन्य प्रतिस्पर्धी छैनन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend