logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

    सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

    3.5K
    Shares
    सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

    काठमाडौँ । सिद्धार्थ राजमार्ग आउँदो पुस १६ गते सोमवारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि एक सय दिन दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो ।

    सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक÷दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको हो ।

    सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइने छैन । सुरुङ निर्माण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निर्माणका क्रममा यातायात सञ्चालन हुँदा जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय, समन्वय गर्ने निकाय, यातायात सेवा कम्पनी, राजमार्ग प्रयोगकर्तालाई जानकारी गराइने निर्णय गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend