logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • वायु सेवा निगम र थाई एअरवेजबीच ग्राउन्ड ह्यान्डलिङ सम्झौता

    वायु सेवा निगम र थाई एअरवेजबीच ग्राउन्ड ह्यान्डलिङ सम्झौता

    1.7K
    Shares
    वायु सेवा निगम र थाई एअरवेजबीच ग्राउन्ड ह्यान्डलिङ सम्झौता

    काठमाडौँ । नेपाल वायु सेवा निगमसँग थाई एअरवेजले ग्राउन्ड ह्यान्डलिङ सेवा लिन शुरु गरेको छ । निगम र एअरवेजबीच ग्राउन्ड ह्यान्डलिङ सेवा सम्झौता भएको हो ।

    निगमको ग्राउन्ड ह्यान्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एअरवेजले ८० थान ग्राउन्ड ह्यान्डलिङ सम्बन्धित सामग्रीसमेत निगमलाई हस्तान्तरण गरेको छ । सामग्री निगमको स्वामित्वमा रहनेगरी निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एअरवेजको तर्फबाट एअरवेजका वेस्टर्न एन्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गर्नुभएको निगमका प्रवक्ता रमेश पौडलले बताउनुभयो ।

    उहाँले विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाई एअरवेजले निगमको ग्राउन्ड ह्यान्डलिङ लिनुले निगममाथिको विश्वास बढेको बताउनुभयो । प्रवक्ता पौडेलले थाई एअरवेजले निगममाथि विश्वास गर्नु निगममाथि भएको आक्रमण र उठेको प्रश्नको जवाफ भएको बताउनुभयो ।

    गएको मङ्सिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो । प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरेको थियो । यो निर्णयसँगै निगमका कर्मचारीले ट्रेड युनियन संघर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend