logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गयो

    बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गयो

    1.1K
    Shares
    बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गयो

    पर्सा । बाघको आक्रमणमा परि पर्सामा एक जनाको ज्यान गएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका २ का ३२ वर्षीय मनोज उरावँ धाँगडको बाघको आक्रमणमा परि ज्यान गएको हो ।

    हिजो आइतबार साँझ जंगल छेउमा दिसा गर्न गएका उनी राति घर नपुगेपछि उनको खोजतलास गर्ने क्रममा जङ्गलमा उनले लगाएको चप्पल भेटिएको हो । चप्पल भएकै ठाउँभन्दा केहि पर बाघको पञ्जाको डोव र मृतकको मोबाइल भेटिएको थियो ।

    साथै बाघले खाएर छाडेको शरीरको केहि अवशेष समेत भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend