logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आक्र्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान छिट्टै नेपाली बजारमा ल्याउँदै

    आक्र्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान छिट्टै नेपाली बजारमा ल्याउँदै

    2.3K
    Shares
    आक्र्स ग्रुपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान छिट्टै नेपाली बजारमा ल्याउँदै

    काठमाडौँ । आक्र्स ग्रुपले चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान नेपाली बजारमा भित्राउने भएको छ । नेपाली बजारको आवश्कता र विद्युतीय सवारीप्रति बढ्दो मागलाई ध्यानमा राख्दै आक्र्स ग्रुपले नेपाली बजारमा हाइलोङ ब्राण्डको विद्धुतीय माइक्रो भ्यान  भित्राउन लागेको हो ।

    मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा सञ्चालन गर्न अत्यन्तै व्यावहारिक हुने १४ सिट क्षमता रहेको माइक्रो भ्यान नेपाली बजारमा छिट्टै उपलब्ध हुने आक्र्स ग्रुपले जनाएको छ ।

    हाइलोङ अटोमोबाइल ब्राण्डका गाडीहरू चीनलगायत दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, कम्बोडिया र लाओसमा बिक्री हुँदै आएको छ ।

    ४५ वर्षदेखि नेपालको विभिन्न क्षेत्रमा गतिशील व्यावसायिक समूहको रुपमा स्थापित रहँदै आएको आक्र्स ग्रुप हाइलोङको स्थानीय साझेदार रहने छ ।

    आक्र्स ग्रुपसँग अटोमोबाइल क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend