logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • इन्जिनमा खराबी आएपछि कैलास एअरको हेलिकप्टर दुई हप्तादेखि सोलुखुम्बुमा ग्राउण्डेड

    इन्जिनमा खराबी आएपछि कैलास एअरको हेलिकप्टर दुई हप्तादेखि सोलुखुम्बुमा ग्राउण्डेड

    2.5K
    Shares
    इन्जिनमा खराबी आएपछि कैलास एअरको हेलिकप्टर दुई हप्तादेखि सोलुखुम्बुमा ग्राउण्डेड

    सोलुखुम्बु । सोलुखुम्बुको स्याङ्बोचे विमानस्थलमा कैलास एअरको एउटा हेलिकप्टर ग्राउण्डेड भएको छ । इन्जिनमा खराबी आएकाले हेलिकप्टर करिब दुई हप्तादेखि ग्राउन्डेड भएको कैलास एअरले जनाएको छ ।

    सिलिङ उडानमा रहेको कैलासको नाइन एन–एएमटी हेलिकप्टर स्याङ्बोचे विमानस्थलमा ग्राउण्डेड भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेशकुमार पन्थीले बताउनुभयो ।

    इन्जिनमा खराबी आएको र त्यसको पार्टपुर्जा नपाएका कारण हेलिकप्टर रोकेर राख्नु परेको जवाफ कम्पनीले दिएको प्रमुख पन्थीले बताउनुभयो । हेलिकप्टर खुम्बु क्षेत्रमा खाद्यान्न तथा अन्य सामग्रीहरु ढुवानीका लागि प्रयोग हुँदै आएको छ।

    खुम्बु क्षेत्रमा यतिखेर पर्यटक सिजन नभएकाले प्रायः सुनसान नै बनेको छ । विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको स्याङ्बोचे विमानस्थलमा लामो समयदेखि हेलिकप्टरहरुले मात्रै उडान भर्दै आएका छन्। यो विमानस्थल समुद्री सतहबाट करिब ३ हजार ७ सय मिटरको उचाइमा रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend