logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछु : प्रधानमन्त्री

    विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछु : प्रधानमन्त्री

    1.7K
    Shares
    विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्दैछु : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताउनुभएको छ ।

    मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा १३१ औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रको नाममा सम्बोधन गर्दा आफूले वर्ष दिनमा गरेका काम र अब गर्ने कामहरुका बारेमा जनतालाई जानकारी गराउने बताउनु भयो ।

    उहाँले परम्परा तोडेर प्रधानमन्त्रीको रुपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताउनुभयो । उहाँले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरुलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरुसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको कुरा त अहिले भन्न सम्भव छैन । आज मैले प्रधानमन्त्रीको हैसियतमा राष्ट्रको नाममा सम्बोधन गर्र्दैछु ।

    त्यसको अन्तिम तयारी भइरहेको छ । त्यसमा मुख्यता एक वर्षमा हामीले के काम गर्यौ ? के गर्न पाएनौँ, सकेनौँ, कहाँ जोड दिनुपर्छ भन्नेकुरा र भोलिदेखि अर्को वर्ष शुरु हुन्छ, हामीले त्यो नयाँ वर्षमा कस्ता काम प्राथमिकतामा राख्छौँ ? मैले भनेको छु, अलिकति परम्परा बसेको कुरालाई तोडेर नयाँ काममा जाने काम शुरु गरेको छु ।

    सिंहदरबारको कामलाई र मन्त्रालयको कामलाई मन्त्री र मन्त्रालयका सचिवहरुले कति काम गरे की गरेनन् । किन गरेनन् के भयो भन्नेकुरालाई आफैँ १० बजे सिंहदरबार उपस्थित हुने र मन्त्रीहरुसँग विस्तृत रुपले छलफल गर्ने र परिणाम निकाल्ने तयारी गर्नु भनेको छु । त्यो कामको शुरुवात म आफैँले गरेको छु ।

    आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी तयारी गरिसकेको छु । अर्को वर्ष हामीले विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउनै पर्छ ।’ प्रधानमन्त्री दाहालले अर्को वर्ष विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी आफू अघि बढीरहेको बताउनु भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend