logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

    प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

    5K
    Shares
    प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

    बारा । कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

    स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले खोजी गरेको २ महिनापछि पक्राउ गर्न सफल भएको हो । उनलाई मंगलवार राति करिब ९ बजे २ राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको बाराका प्रहरीले जानकारी दिएको छ । उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली सहित नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । सिंहको हाल कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend