logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ

    खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ

    30.9K
    Shares
    खोटाङकी युट्युबर उमा राई सिक्किमबाट पक्राउ

    काठमाडौँ । साम्प्रदायिक हिंसा फैलाउन षड्यन्त्र गरेको आरोपमा भारतको सिक्किमबाट खोटाङकी युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छिन् । उनका अभिव्यक्ति र सामग्री हिंसा फैलाउने खालका भएको भन्दै सिक्किम पुलिसले हिजो शनिवार राईलाई पक्राउ गरेको इन्डिया टुडेले जनाएको छ ।

    सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले दायर गरेको एफआईआरको आधारमा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् ।

    आउँदो वर्ष अर्थात् सन् २०२४ को विधानसभा चुनावलाई प्रभाव पार्ने उद्देश्यले उनले सिक्किमका बासिन्दाबीच साम्प्रदायिक हिंसा र आतंक फैलाउने षड्यन्त्र गरेको एफआईआरमा उल्लेख छ ।

    पक्राउ परेकी उमाले सिक्किमका विभिन्न जातजाति र सम्प्रदायबीच हिंसा भड्काउने खालका सामग्री युट्युबमा राख्दै आएको आरोप लगाइएको छ । राईलाई अदालतमा हाजिर गराएपछि प्रहरीले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति पाएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेको समाचारमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend