logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाँकेको बाल सुधारगृहमा तनाव

    बाँकेको बाल सुधारगृहमा तनाव

    1.6K
    Shares
    बाँकेको बाल सुधारगृहमा तनाव

    काठमाडौँ । बाँकेको एक बाल सुधारगृहमा तनाव भएको छ । बैजनाथ गाउँपालिका २ स्थित नौबस्तामा रहेको सुधार गृहमा दुई समूहबीचको विवादले उग्र रुप लिँदै गएपछि तनावको अवस्था सिर्जना भएको हो ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररुप लिँदै आज थप तनाव भएको सूचना भएको जानकारी दिए ।

    उनका अनुसार ग्याङफाइटमा घाइते भएका ४ जनालाई उपचारपछि सुधारगृहमा फिर्ता ल्याइएसँगै तनावको अवस्था भएको हो । दुई समूहलाई छुट्टाछुट्टै ब्लकमा राखिएपनि एक समूहले ढुंगामुढा गरेका छन् ।

    ढुंगामुढाबाट एक गाडीमा क्षति पुग्नुकै साथै सुधारगृहमा तनावको अवस्था रहेको हो । अहिले बैजनाथ गाउँपालिका २ स्थित नौबस्ता थप सुरक्षाकर्मीको टोली पठाइएको अवस्थालाई साम्य बनाउने कोसिस भइरहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend