logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

    भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

    23.6K
    Shares
    भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

    काठमाडौँ । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा सम्लग्न रहेको अभियोगमा मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा स्याङ्जा गल्याङ नगरपिलका–७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उहाँकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी, रिया वली भन्ने टिकाकुमारी वली रहेका केन्द्रीय प्रहरी प्रवक्रा तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाईने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्याइ वेश्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा सम्लग्न उनीहरुलाई कञ्चनपुरबाट पक्राउ गरि आज सार्वजनिक गरिएको हो ।

    पक्राउ परेकाहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको मानव बेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend