logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अब लगनखेलमा १० रुपैयाँमा पेटभरी खाना

    अब लगनखेलमा १० रुपैयाँमा पेटभरी खाना

    1.9K
    Shares

    फागुन १९ काठमाडौं – छोरो बिरामी भएपछि उदयपुरका टेकबहादुर बस्नेत काठमाडौं आएको दुई साता भयो। गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले उनका छोरा कुलदीपलाई चार दिनअघि पाटन अस्पतालमा ‘रिफर’ गर्‍यो । आइतबार बिहान ११ बजेतिर खाना खान अस्पतालबाहिर निस्किए।

    बिरामी छोरालाई पनि खाना ल्याउन उनले हातमा ‘हटकेस’ बोकेका थिए । होटल जाँदै गर्दा एक युवाले सञ्चयकोष भवनको आँगनमा खाना खान बोलाए।
    उनी जाने कि नजाने अलमलमा परे। अनि सोध, ‘बिरामीलाई पनि खाना लैजान पाइन्छ ?’ खाना वितरणमा बसेका स्वयंसेवकले बिरामीलाई पनि लैजान दिने बताएपछि बस्नेत खाना खान अघि सरे।

    १० रुपैयाँमा एक टपरी खाना पाइन्छ तर प्याकिङ गरेर लैजान नपाइने व्यवस्थापकको नियम छ। १० रुपैयाँ तिरेपछि खाना खुवाउन खटिएका स्वयंसेवकले उनलाई टपरी हातमा थमाए। टपरीभरि खाना थापे । तरकारी थियो– केराउ र पनिरमा झोल राखेको । तरकारीमा मसला, पिरो र नुन कमै थियो । उनले खाना आए अनि छोरालाई हटकेसमा राखेर अस्पतालतिर लागे। ‘अरू बेला एक सय २० रुपैयाँ पर्थ्यो । आज २० रुपैयाँमै दुई जनालाई पुग्यो,’ खुसी हुँदै उनले भने, ‘भाग्यमानीको भूतै कमारो । गरिबदुःखीका लागि राम्रो काम हो।’

    सातदोबाटोको प्रिमियर इन्टरनेसनल एकेडेमीले तीन सातादेखि लगनखेलमा १० रुपैयाँमा खाना खुवाइरहेको छ । ‘विद्यालयमा विद्यार्थीलाई जुन चामल खुवाउने हो, त्यही यहाँ पनि खुवाइरहेका छौं,’ प्रिमियर स्कुलकी प्रिन्सिपल पवित्रा लिम्बूले भनिन्, ‘कुक पनि उही हो । हामीले व्यवस्थापन मात्रै गरेका छौं।’

    १० रुपैयाँमा खाना खान पाइने भएपछि साढे १० बजेअघि नै सर्वसाधारण आइसकेका थिए । नियमित खाना खानेमा अस्पतालका बिरामी मात्रै होइन, लगनखेल बस स्टप हुँदै गाडी चलाउने चालक, परिचालक र हेल्परसमेत थिए।

    यस्तै अस्पतालका कर्मचारी, वरिपरि पसलमा काम गर्ने व्यक्ति पनि खान खान आइपुगेका थिए । यहाँ हरेक आइतबार साढे १० देखि साढे १२ बजेसम्म १० रुपैयाँमा खाना खुवाउने व्यवस्था गरिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend