logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • वीरेन्द्र र सुजनको शव गृह जिल्ला पठाइयो

    वीरेन्द्र र सुजनको शव गृह जिल्ला पठाइयो

    2.9K
    Shares
    वीरेन्द्र र सुजनको शव गृह जिल्ला पठाइयो

    काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव गृह जिल्ला पठाइएको छ ।

    गृह जिल्लामा पठाउन उनीहरूको शव  सुर्खेत लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । उनका अनुसार नेपाली सेनको स्काई ट्रक एन ए–०६४ मार्फत दुवै जनाको शव सुर्खेत लगिएको र सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ ।

    पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend