logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ : अर्थमन्त्री

    डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ : अर्थमन्त्री

    1.3K
    Shares
    डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ : अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सकरारले चाँडै टुंगो लगाउने बताउनुभएको हो ।

    उहाँले विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताउनुभयो । उहाँले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउनु नहुने बताउनु भयो । उहाँले डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउनु नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भयो, यसको चाँडै टुंगो लाग्नुपर्यो । त्यो सत्य हो, त्यसलाई चाँडै समाधान गर्नुपर्छ । यसलाई इज्जतको प्रश्न बनाउनु हुँदैन । यसलाई यथार्थ, जुन बेला साँच्चिकै लोड सेडिङ थियो, म त्यो बेलामा उर्जामन्त्री थिएँ ।

    भर्खर हामीले लगानीको संरचना बनाउँदै थियौँ । त्यो बेला १६÷१७ घण्टासम्म लोडसेडिङ थियो । त्यो बेलामा प्रिभिलेज थियो । कन्जुमरलाई पनि काटेर दिने । त्यो एक्ज्याक्ट समय के हो र कसरी उसले डिफाइन गरेको छ । त्यसको यथार्थको आधारमा यसको चाँडै टुंगो लाग्नुपर्छ । यसलाई हामीले अन्योलको विषय बनाएर थप अन्योल सिर्जना गर्नु हुँदैन ।

    यस विषयमा निजी क्षेत्रको साथीहरुसँग बसेर यथार्थ के हो ? तिर्नुपर्ने कति हो त ? निक्र्यौल गरेर यसको टुंगो हामी लगाउँछौँ ।’ अर्थमन्त्री महतले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराहरुको आवश्यकता रहेको बताउनु भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend