logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख ठगी गर्ने शिवा न्यौपाने पक्राउ

    पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख ठगी गर्ने शिवा न्यौपाने पक्राउ

    728
    Shares
    पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख ठगी गर्ने शिवा न्यौपाने पक्राउ

    काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरको चाँगुनारायणकी शिवा न्यौपाने पक्राउ परेकी छिन् ।

    वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर केदार उग्रकोटीबाट १२ लाख रुपैयाँ लिएपछि न्यौपाने फरार भएकी थिइन् । उनलाई आज सोमवार चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनले पोर्चुगलमा मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर पैसा लिएको प्रहरीको भनाइ छ । यस्तै माल्टा पठाइदिन्छु भन्दै आठ लाख ९० हजार रुपैयाँ ठग्ने झापाको बिर्तामोडका विक्रम दाहाल पनि पक्राउ परेका छन् । उनले माल्टामा मासिक एक लाख रुपैयाँ कमाइ हुन्छ र त्यसका लागि नौ लाख रुपैयाँ लाग्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ ।

    यसैगरी माल्टा नै पठाइदिन्छु भनेर तीन लाख रुपैयाँ ठग्ने मोरङको सुन्दरहरैँचाका टंकप्रसाद सुवेदी पनि पक्राउ परेका छन् । उनी क्यापिटल म्यानपावरका सञ्चालक पनि हुन् ।

    पक्राउ परेका तीनै जनालाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend