logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको प्रतिवद्धता : टिआरसी विधेयकमा कुनै बाधा गर्दैनौँ

    द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको प्रतिवद्धता : टिआरसी विधेयकमा कुनै बाधा गर्दैनौँ

    1.1K
    Shares
    द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको प्रतिवद्धता : टिआरसी विधेयकमा कुनै बाधा गर्दैनौँ

    काठमाडौँ । सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग भेट गरी संसदमा विचाराधीन टिआरसी विधेयकमा आफूहरुले कुनै बाधा नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    टिआरसी विधेयकमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका सम्भव मागहरु सम्बोधन गर्न आग्रह गर्दै उनीहरुले सरकारले सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोहीबाट मारिएका दुवै पक्षलाई समान व्यवहार गरेका कारण आफूहरु विधेयकमा बाधक नबन्ने स्पष्ट गरेका हुन् ।

    भेटमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका वरिष्ठ उपाध्यक्ष रिता कार्कीले युद्धको पीडा र मर्म प्रधानमन्त्री प्रचण्डलाई जति अरु नेताहरुलाई बोध नहुने भन्दै प्रधानमन्त्रीकै कार्यकालमा द्वन्द्वपीडितका सबै मागहरु सम्बोधन हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले सरकार र विद्रोही दुवैतर्फबाट मारिएका परिवारलाई समान व्यवहार गरेको र भविष्यमा समेत कुनै प्रकारको भेदभाव नहुने स्पष्ट पार्दै टिआरसी विधेयकमा सम्भव विषयहरु राखेर परिमार्जन गर्ने बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend