logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बम्जन पक्राउ परेकाबारे सीआईबीले पत्रकार सम्मेलन गर्दै

    बम्जन पक्राउ परेकाबारे सीआईबीले पत्रकार सम्मेलन गर्दै

    2.7K
    Shares
    बम्जन पक्राउ परेकाबारे सीआईबीले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जनलाई पक्राउ गरिएका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

    तपस्वीका रुपमा चिनिएका रामबहादुर बम्जन पक्राउ परेका विषयमा लगायत अन्य बिस्तृत विषयमा जानकारी दिनका लागि अहिले दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पत्रकार सम्मेलन महाराजगञ्जस्थित ब्यूरोकै कार्यालयमा आयोजना गरिने भएको छ । बम्जनलाई मङ्गलबार साझ ७ बजे सीआईबीको टोलीले बुढानिलकण्ठ स्थित हात्तीगौडाबाट पक्राउ गरेको थियो ।

    उनीविरुद्ध आनीसहित चार जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend