logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा श्रीमान् र श्रीमतीले पाउने

    कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा श्रीमान् र श्रीमतीले पाउने

    36.2K
    Shares
    कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा श्रीमान् र श्रीमतीले पाउने

    काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत श्रीमान् र श्रीमतीलाई समावेश गरेको छ ।

    अस्पताल भर्ना भइ उपचार गराएको साधारण रोगको हकमा हरेक वर्ष बढीमा एक लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा पति र पत्नीलाई नै उपलब्ध गराउने कोषले जनाएको छ ।

    २०७६ सालदेखि सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आएको यो योजनामा आउँदो फागुन एक गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति र पत्नीलाई समेत समावेश गरेको सूचनामा उल्लेख छ ।

    यो सुविधा लिनका लागि कोषले सूचीकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ताको श्रीमान् र श्रीमतीले उपचार गराइ दाबी गर्नुपर्ने छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend