logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पक्राउ परेका बम्जन सार्वजनिक, तीन करोड ३४ लाख बढी रकम बरामद

    पक्राउ परेका बम्जन सार्वजनिक, तीन करोड ३४ लाख बढी रकम बरामद

    4K
    Shares
    पक्राउ परेका बम्जन सार्वजनिक, तीन करोड ३४ लाख बढी रकम बरामद

    काठमाडौँ । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

    पक्राउ रामबहादुर बम्जनको घरबाट रु ३ करोड ३४ लाख ३७ हजार नौँ सय ६ बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

    नेपाल प्रहरीले बिसं २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा हिजो मङगलवार साँझ ७ बजे उनको काठमाडौँको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरेको सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अनुसन्धानको क्रममा उनको घरबाट ठूलो धनराशी बरामद गरिएको र बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरु रहेको र त्यसको नेपाली रकम रु ३० लाख ९२ हजार चार सय ६ हुन आउछ । त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।

    बम्जनविरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
    जिल्ला अदालत सर्लाहीले बिसं २०७६ साल माघ २३ गते पक्राउ पुर्जी जारी गरेयता प्रहरीले बम्जनको खोजी गरिरहेको थियो । तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
    शुरुमा लामो समय बाराको हलखोरियामा रहेको जङ्गलमा बसेका बम्जन पछि सिन्धुलीको कमलामाई नगरपालिका–८ मा जङ्गल अतिक्रमण गरी आश्रम बनाएर बस्दै आएका थिए । बम्जलाई पक्रन प्रहरी टोलीले बिसं २०७७ सालको असार ४ गते सिन्धुलीको आश्रममा छापा मारेको भए पनि पक्राउ गर्न सफल भएको थिएन । बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरिएको सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “लामो अनुसन्धान र प्रयासपछि केन्द्रीय अनुसन्धान ब्युरोद्वारा रामबहादुर बम्जन भनिने रामलाल बञ्जनलाई हिजो बेलुकी हात्तिगौँडाबाट पक्राउ गर्न सफल भएका छौँ । जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउछौँ ।” ब्युरोले सकभर आजै बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको जनाएको छ ।

    बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशीबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाईने सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend