logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली लाइसेन्स प्रकरण, अख्तियारद्धारा छानबिन सुरु

    नक्कली लाइसेन्स प्रकरण, अख्तियारद्धारा छानबिन सुरु

    21.2K
    Shares
    नक्कली लाइसेन्स प्रकरण, अख्तियारद्धारा छानबिन सुरु

    काठमाडौँ । नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो ।

    अख्तियारको टोली अध्ययनको सिलसिलामा विभागमा आएको यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले जानकारी दिए । उनले भने, ‘हामीले दिएको रिपोर्टमाथि थप छलफल गर्न अनि लाइसेन्स दिने प्रक्रियाबारे बुझ्न टोली आएको हो,  फिल्डका अफिसमा काम हुने र हामीसँग डाटाबेस मात्रै रहने भएकाले कागजात लैजाने कुरा भएन । तर थप अध्ययनका लागि उहाँहरु फेरि आउने कुरा गर्नुभएको छ ।’

    करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको खबर बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको हो ।

    यातायात व्यवस्था विभागले लाइसेन्स वितरणमामा भएको अनियमितताबारे गरेको अध्ययन प्रतिवेदन मन्त्रालयमा पठाइसकेको बताइएको छ । त्यो प्रतिवेदन पाएको अख्तियारले थप अध्ययन गर्न मन्त्रालयलाई समेत निर्देशन दिइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend