logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • रास्वपाले गौशाला २६ भन्दै पहिचान खुलाउने कार्यकर्तालाई गर्यो निलम्बन

    रास्वपाले गौशाला २६ भन्दै पहिचान खुलाउने कार्यकर्तालाई गर्यो निलम्बन

    4.7K
    Shares
    रास्वपाले गौशाला २६ भन्दै पहिचान खुलाउने कार्यकर्तालाई गर्यो निलम्बन

    काठमाडौँ । पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन् । पीडितको फोटो सार्वजनिक गरेको भन्दै रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको जनाएको छ ।

    बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख गरेको छ । सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्‍य रहेको रास्वपाले जनाएको छ ।

    ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाको सूचनामा भनिएको छ । सापकोटाले बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गरेको आरोप लागेको छ ।

    अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको भन्दै सापकोटालाई रास्वपाले निलम्बन गरेको जनाइएको छ । गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend