logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बलात्कृत किशोरीको पहिचान सार्वजनिक भएकोबारे साइबर ब्युरोले थाल्यो अनुसन्धान

    बलात्कृत किशोरीको पहिचान सार्वजनिक भएकोबारे साइबर ब्युरोले थाल्यो अनुसन्धान

    36.2K
    Shares
    बलात्कृत किशोरीको पहिचान सार्वजनिक भएकोबारे साइबर ब्युरोले थाल्यो अनुसन्धान

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक भएका विषयमा नोपल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ ।

    व्युरोमा यसबारे उजुरी आएपछि अनुसन्धान थालिएको प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए ।

    बलात्कार कसुरमा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन सजाय निर्धारण गरेसँगै पीडितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।

    कानुनअनुसार बलात्कार पीडितको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend