logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ई सेवाको १५ औं वार्षिकोत्सवको अवसरमा ग्राहक लक्षित १५ अफर सार्वजनिक

    ई सेवाको १५ औं वार्षिकोत्सवको अवसरमा ग्राहक लक्षित १५ अफर सार्वजनिक

    1.3K
    Shares
    ई सेवाको १५ औं वार्षिकोत्सवको अवसरमा ग्राहक लक्षित १५ अफर सार्वजनिक

    काठमाडौं। नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ई सेवा बिहीबार १६औं वर्ष प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै कम्पनीले २०१० जनवरी २५ बाट सेवा सञ्चालन गरेको थियो।

    कम्पनीले वार्षिकोत्सव अवसरमा ग्राहक लक्षित क्यासब्याकदेखि आईफोन १५ प्रो म्याक्स जित्नेसम्मका अफर सार्वजनिक गरेको छ। कम्पनीले १५ दिनसम्म विभिन्न १५ अफर ल्याएको छ। बिहीबार कुनै एउटा कारोबार गरे ई सेवाका एउटा ग्राहकले आईफोन १५ प्रो म्याक्स उपहार पाउन सक्नेछन्।

    कम्पनीले २६ डिसेम्बरमा ई सेवाका नयाँ १५०० ग्राहकलाई ई सेवामा टपअप गर्दा डेढ सय रुपैयाँ क्यासब्याक दिनेछ। २८ डिसेम्बरमा ई–स्पिकर अर्डर गर्नेमध्ये सुरुआती १५० प्रयोगकर्तालाई १५०० रुपैयाँमा उक्त डिभाइस उपलब्ध गराइने कम्पनीले बताएको छ।

    जहाज टिकट खरिद, इन्टरनेट तथा विद्युत् महसुल भुक्तानी, बैंक विथ ड्र गर्दा १५ हजार रुपैयाँसम्मको क्यासब्याक दिइनेछ। ई सेवा एफवन सफ्ट इन्टरनेसनलको भगिनी कम्पनी हो।

    हाल यो कम्पनीले नेपालभर ८१ लाख बढी प्रयोगकर्तालाई प्रत्यक्ष तथा २ लाख ३० हजार बढी ई सेवा एजेन्टमार्फत लाखौंलाई अप्रत्यक्ष डिजिटल सेवा दिँदै आएको जनाएको छ। कम्पनीमा हाल चार लाख बढी मर्चेन्ट आबद्ध छन् भने २५ सय बढी सेवा उपलब्ध रहेको ई सेवाले बताएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend