logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१ प्रतिशत

    नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१ प्रतिशत

    3.2K
    Shares
    नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१ प्रतिशत

    काठमाडौँ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको अमेरिकाको अनौपचारिक अर्थतन्त्रको आकार ७.३ प्रतिशत छ भने दोस्रो ठुलो अर्थतन्त्र भएको चीनको १२.७ प्रतिशत छ । तर नेपालको अनौपचारिक अर्थतन्त्रको आकार औसत करिब ४० देखि ४२ प्रतिशत छ ।

    नेपालको ५३ खर्ब ८१ अर्ब रुपैयाँको अर्थतन्त्रको आकारमा अनौपचारिक अर्थतन्त्र करिब २२ खर्ब रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको सहयोगमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय अर्थशास्त्र विभागले गरेको एक अध्ययनले यस्तो देखाएको हो । यसले नेपालको अर्थतन्त्र व्यवस्थित छैन भन्ने देखाउँछ ।

    उक्त अध्ययनले नेपालको अनौपचारिक अर्थतन्त्र करिब ४१ प्रतिशत देखाएको हो । अनौपचारिक अर्थतन्त्र सबैका लागि चिन्ताको विषय बनेको अध्ययनले दर्साउँछ । अनौपचारिक अर्थतन्त्र भनेको आर्थिक अध्ययनका क्रममा छाया, भूमिगत, कालो, लुकेको, समानान्तर, रिपोर्ट नगरिएको वा रेकर्ड नगरिएको अर्थतन्त्र हो । आजको नागरिक दैनिकमा समाचार छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend