logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन : माधव नेपाल

    जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन : माधव नेपाल

    1.4K
    Shares
    जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन : माधव नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचाराधारालाई त्याग्न नसक्ने बताउनुभएको छ ।

    सोमवार काठमाडौंमा जारी पार्टीको केन्द्रिय परिषद बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपाधेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिर समेत गर्नुभयो । पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उहाँले अहिले पनि कम्युनिष्ट पार्टीहरुमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम सकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताउनु भयो । उहाँले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको पेटेन्ट राईट आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिउँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिनुभयो ।

    अध्यक्ष नेपालले भन्नुभयो, ‘एकाधिकारवादी ‘जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन । त्यसलाई त्याग्नुको मतलव हामी एकदलीय तानाशाहीमा जानु हो । एकातिर साम्राज्यवादको एकाधिकार देखिँदैछ । कम्युनिष्ट पार्टीप्रति उनीहरुको गतिविधि र अभियानहरु चलिरहेका छन् । अनि कम्युनिष्ट पार्टीहरुलाई एकाधिकारवादी, अनि अधिनायकवादको आरोप लगाइरहेको अवस्था छ । त्यसको सामना गर्नका लागि पनि हामीले नै हाम्रो मुलुकमा हाम्रो आन्दोलनका विकास गरेको यो विचारलाई त्याग्न सकिँदैन ।

    त्यसो हुनाले जनताको बहुदलीय जनवादको जनवादी क्रान्तिको सन्दर्भको कुरा त्यो हामीले एकचरणमा पूरा गरेका छौं । तर त्यसका मान्यताहरु जुन छन्, बहुदलीय प्रतिष्पर्धाका मान्यताहरु । त्यसलाई छोड्न सकिँदैन । बहुदलीय प्रतिष्पर्धाको मान्यता छोडेर एक दलीय तानाशाही व्यवस्थामा जान सकिँदैन । त्यसो हुनाले हामी बहुदलीय प्रतिष्पर्धाको वकालत गर्छौं । त्यसको पेटेन्ट राईट हामीसँग छ । त्यसको नेता मदन भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनको त्यस्तो विचारक हुनुहुन्थ्यो, जसले यो विचार अगाडि सार्नुभयो ।

    त्यसो हुनाले जनताको बहुदलीय जनवादको उपादेयता सकियो, यसको कुनै काम छैन, यसलाई मिल्काइदिउँ भन्ने खालको मान्यता त्यो आत्माघाती, आत्मसमर्पणवादी मान्यता हो । आगामी दिनका उपादेयताबारे बहस गरौंला ।’ अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा आफूहरु जान नसक्ने तर्क समेत गर्नुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend