logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पौने २ अर्बमा पोखरामा लेकभ्यू रिसोर्ट अपार्टमेन्ट बन्दै, डेढ वर्षमा सकिने

    पौने २ अर्बमा पोखरामा लेकभ्यू रिसोर्ट अपार्टमेन्ट बन्दै, डेढ वर्षमा सकिने

    5.5K
    Shares
    पौने २ अर्बमा पोखरामा लेकभ्यू रिसोर्ट अपार्टमेन्ट बन्दै, डेढ वर्षमा सकिने

    काठमाडौँ । निजी लगानीमा पोखरामा नयाँ रिसोर्ट अपार्टमेन्ट निर्माण भइरहेको छ। अपार्टमेन्ट बनाउन १ अर्ब ७६ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ। बिएनबी लेकभ्यू रिसोर्ट अपार्टमेन्ट प्राइभेट लिमिटेडले बनाइरहेको अपार्टमेन्टमा १ सय १७ युनिट हुने भएको छ ।

    अपार्टमेन्टको अहिलेसम्म ५६ प्रतिशत वित्तीय प्रगति भएको बिएनबीले जनाएको छ । अपार्टमेन्ट बनाउन कम्पनीले ५१ करोड ५० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी)बाट जुटाएको छ । बाँकी ६० करोड रुपैयाँ बैंकबाट ऋण र ६५ करोड रुपैयाँ अपार्टमेन्ट खरिदकर्ताबाट जुटाइएको छ । जसअनुसार ३४, २९ र ३७ प्रतिशत हुने गरी लगानी संरचना बनाइएको छ । अपार्टमेन्ट खरिदकर्ताबाट १ प्रतिशत मात्र अग्रिम रकम उठेको कम्पनीले जनाएको छ।

    अपार्टमेन्टको काम २०२५ असारमा सकिने अनुमान निर्माण कम्पनीको छ। यद्यपि परियोजना निर्माण खरिदकर्ताबाट अग्रिम रुपमा संकलन हुने रकममा निर्भर हुने बताइएको छ । गत पुससम्म १ सय १७ मध्ये १२ वटा युनिट मात्र बुक भएको छ । बुकिङबाट २ करोड ५० लाख रुपैयाँ संकलन भएको कम्पनीले जनाएको छ । काम अहिले पनि प्रारम्भिक चरणमा रहेको छ ।

    अपार्टमेन्ट बनाउन संस्थापकहरुले स्वपुँजी लगानी गरिसकेका छन् । कम्पनीले ६० करोड रुपैयाँ ऋणको रेटिङ पनि गराएको छ । यसअघि अपार्टमेन्टको काम २०२४ को जुलाइमा सम्पन्न गर्ने लक्ष्य भएकोमा एक वर्ष ढिलाइ हुन गएको छ । पर्यटन र लगानीका पक्षबाट उत्कृष्ट स्थानहरू मध्ये पोखरा सहरको निकटतामा विभिन्न सुविधामा बस्न वा छुट्टी मनाउनका लागि लगानी गर्न चाहने मानिसहरूलाई थप फाइदा हुने दाबी कम्पनीको छ ।

    ठाउँ पृथ्वी राजमार्ग सडकसँग राम्रोसँग जोडिएको छ। भीडमुक्त क्षेत्रमा बस्नको बढ्दो मागसँगै यद्यपि राम्रो सेवा र सुविधाहरुको पहुँचको लागि पर्याप्त नजिक, स्थान आवासीय लागि अनुकूल मानिन्छ । अपार्टमेन्ट पोखरा अन्तर्राष्ट्रिय विमास्थलभन्दा ८ किलोमिटर दूरीमा पर्छ । अपार्टमेन्ट १ लाख ६५ हजार ५२८ स्वायरफिट क्षेत्रफलमा फैलिएको छ। पर्यटकीय नगरिमा रहेकाले यसबाट थप व्यावसायिक लाभ हुने देखिन्छ ।

    यस्तै बिदामा आउने पर्यटकले पनि रेसिडेन्समा लगानी गर्न पाउने छन् । बीएनबी सन् २०१८ मा स्थापना भएको कम्पनी हो । यो कम्पनी घरजग्गा व्यवसायमा संलग्न छ । कम्पनीको अध्यक्षमा होमबहादुर बसेल रहेका छन् । उनी रियल स्टेटलगायत अन्य बिजनेसमा दुई दशकदेखि संलग्न छन्। उनी बीएनबी हाउजिङ कम्पनी र बीएनबी इन्जिनियरिङ कम्पनीका संस्थापक पनि हुन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend