
काठमाडौँ, १७ माघ । वास्तविक क्षेत्र अन्तर्गत रहेर औधोगिक लगानी प्रवद्धन गरिरहेको आरकेडी होल्डिङ लिमिटेडले कम्पनिको चुक्ता पुँजीको ४० प्रतिशत अर्थात एक करोड ४० लाख कित्ता सेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि निश्कासन गर्ने तयारी गरेको छ ।
सो कम्पनीले वन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड, पन्चासे केवलकार लि, लगायतका पर्यटकीय पुर्वधारयुक्त उद्योगहरू र रियल स्टेट साथै निर्माण क्षेत्र र इभेन्ट म्यानेजमेन्ट गर्नको लागि पुँजि लगानी गरिरहेको छ ।
कम्पनीले आईपिओ विक्रिको प्रक्रिया पुरा गर्नको लागि शेयर विक्रि तथा जारी प्रबन्धक र सेयर बिक्री प्रत्याभूतकर्ता कम्पनी नियुक्ति गर्ने अन्तिम तयारी समेत गरेको छ । छिटै कम्पनीको सातौँ साधारण सभा आह्वान गरी सेयर निश्कासन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने र सो सभाबाटै सङ्कलित सेयर कुनकुन क्षेत्रमा लगानी गर्ने भन्ने बिषयमा समेत विस्तृत निर्णय लिइने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
लगातार नाफामा रहेको सो कम्पनीले आफ्नो कारोबारलाई थप विस्तार गर्नका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्न लागेको हो । सो कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने तत्काल जारी पूजी ३ अर्ब ५१ करोड रुपैया मध्ये प्रबद्र्धकहरुले २ अर्ब १० करोड ६० लाख रुपैयाँ चुक्ता गर्ने कबुल गरेका छन् भने बाकी १ अर्ब ४० करोड ४० लाख रुपैयाँ स्थानीय र सर्बसाधारणमा शेयर जारी गरी संकलन हुने पुंजीले उत्पादनमुलक उद्योगहरु प्रवद्र्धन गरी कम्पनीको आम्दानी बढाउने कम्पनीको रणनीति रहेको अध्यक्ष शर्माले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend