logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आहा रारा गोल्डकप : फाइनल प्रवेशका लागि आज आर्मी र चर्च ब्वाइज भिड्ने

    आहा रारा गोल्डकप : फाइनल प्रवेशका लागि आज आर्मी र चर्च ब्वाइज भिड्ने

    1.5K
    Shares
    आहा रारा गोल्डकप : फाइनल प्रवेशका लागि आज आर्मी र चर्च ब्वाइज भिड्ने

    काठमाडौँ, १८ माघ । २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ ।

    पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

    आजको खेल जित्ने टोलीले भोलि हुने फाइनल खेलमा थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आहा रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक खेल्न लागेका हुन् ।

    बाइ पाएर सिधै क्वर्टरफाइनल पुगेको चर्च ब्वाइज नेपाल पुलिसलाई हराएर सेमिफाइनलमा पुगेको हो भने आर्मीले संकटालाई हराएको थियो ।

    एक विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार पाउने छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend