logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : माधवकुमार नेपाल

    जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : माधवकुमार नेपाल

    1.1K
    Shares
    जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : माधवकुमार नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

    पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उहाँले जनताको विश्वास कसरी जित्ने ? भन्ने नाममा जबजको विचारलाई परित्याग गर्ने कुरालाई आफूहरुले कुनैपनि अर्थमा ठिक भन्न नसकिने तर्क गर्नुभएको हो ।

    पार्टीका उपाध्यक्ष डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आईतवार काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै अध्यक्ष नेपालले हिजो जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्नेहरुले आज आएर पनि त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा जबजको मान्यता भएकाले त्यसलाई अंगिकार गरेर आफूहरु अघि बढ्ने दोहोर्याउनुभयो ।

    आज पनि कम्युनिष्ट पार्टीलाई सिध्याउन देशी, विदेशी साम्राज्यवादी र प्रतिक्रियावादीहरु लागि परेकाले त्यसबाट जोगिन पनि नेपालका कम्युनिष्टहरुले जनताको बहुदलीय जनवादी विचारमा चल्नु आवश्यक रहेको अध्यक्ष नेपालको भनाई थियो । उहाँले जनताको बहुदलीय जनवादको सारतत्व नबुझेकाहरुले मात्रै यसको बिरोध गर्ने गरेको जिकिर समेत गर्नुभयो । अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले नेपालको राजनीतिमा बामपन्थी राजनीतिमा जबजको विषय अहिले पनि बहसको विषय बनेको छ कि जनताको बहुदलीय जनवादको सान्दर्भिकता छ कि छैन ? केहीकेही स्वनामधन्य व्यक्तिहरुले अब यो पुरानो भइसक्यो जनताको बहुदलीय जनवाद ।

    यसको कुनै सान्दर्भिकता छैन भनेर घोषणा गरिरहेका छन् । जसले जनताको बहुदलीय जनवादको सारतत्व बुझेको छैन, यसको अन्तर्य बुझेको छैन । यसको महत्व बुझेको छैन । यसले ऐतिहासिक रुपमा खेलेको भुमिकालाई जसले बुझेको छैन ।उसले यो पुरानो भयो, यसको सान्दर्भिकता सक्कियो भन्दछन् । र यसले यी सबै कुराहरु बुझेको छ । यसको सान्दर्भिकता अहिलेको अन्तराष्ट्रिय परिवेशमा, राष्ट्रिय परिवेशमा । नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान परिवेशमा । जसले बुझेको छ । यसको आवश्यक्ता र सान्दर्भिता अझै पनि छ । यसको औचित्य समाप्त भएको छैन भन्ने निष्कर्षमा पुग्छन् । यस्तो बेलामा यो पुस्तकको विमोचन हुनु अति नै खुशीको कुरा पनि हो ।

    हामीले हाम्रो देशको राजनीतिमा कम्युनिष्ट पार्टीलाई लोकप्रिय पार्टीको रुपमा अगाडि बढाउनु छ भने, राष्ट्रियताको पक्षपोषक पनि, लोकतन्त्रको संवााहक पनि, परिवर्तनको बाहक पनि यो कम्युनिष्ट पार्टी भने भनेर पुष्टि गर्नुछ भने हामीले आफ्नो लोकतान्त्रिक चरित्रलाई दृढताका साथ अगाडि बढाउनु पर्छ । र बहुदलीय प्रतिस्पर्धाको जुन नीति लिएर हामी अगाडि बढ्न खोजेका छौं । त्यसलाई हामीले नयाँ परिवेशमा अगाडि बढाएर लैजानुपर्छ ।

    हिजो जनवादी क्रान्तिको त्यो समय थियो भने अब हामी समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेका छौं । समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय प्रतिष्पर्धाको राजनीतिको त्यत्तिकै उपादेयता रहेको छ । त्यसो हुनाले हाम्रो नेपाली समाजवाद चीनको जस्तो समाजवाद हुँदैन । हाम्रो समाजवाद भियतनामको जस्तो समाजवाद हुँदैन । हाम्रो समाजवाद क्युवाको जस्तो हुँदैन । हाम्रो समाजवादी बहुदलीय प्रतिष्पर्धासहितको समाजवाद हुन्छ । र समाजवादको सिंगो चरणमा वर्गहरुको अस्तित्व रहन्छ । वर्गको अस्तित्व भइसकेपछि वर्गको विचार पनि हुन्छ ।

    वर्गको विचार भएसकेपछि वर्गको पार्टी पनि हुन्छ । एउटा सर्वहारा वर्गको पार्टी छ भने निम्न पुँजीवादी पार्टी पनि हुन्छ । अनि शोषित वर्गको पार्टी छ भने शोषक वर्गमा पनि पार्टी हुन्छ । त्यो बेला हामी चुनावको मैदानमा हामी जनताको माझमा चुनौति दिन्छौँ । र हामी जनताको बीचमा घुलमिल भएर, जनताको विश्वास जितेर लोकप्रियतालाई कायम राखेर अगाडि बढछौं । अब हामीले आफ्नो कर्तव्य पूरा गरेनौ भने, जनताको पीरमर्का र समस्यालाई बेवास्ता गर्याै भने जनताले पनि हामीलाई बेवास्ता गर्दछन् ।

    त्यसो हुनाले हामीले जनताको विश्वास जित्ने कसरी भन्ने कुरा ध्यान दिनु बेग्लै कुरा हो । तर विचार नै परित्याग गरेर, अनि हिजो पनि जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्ने । आज पनि यहाँ आएर यसलाई समाप्त पार्नका लागि लाग्ने त्यो विचारलाई किमार्थ ठिक भन्न सकिँदैन ।’

    अध्यक्ष नेपालले समाजमा वर्गहरु रहेसम्म विभिन्न पार्टीहरु अस्तित्वमा रहने हुनाले पनि प्रतिष्पर्धाको राजनीतिमा जनताको विश्वास जित्ने जबजको अन्तरबस्तुको सान्दर्भिकता कायमै रहेको बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend